Skip to main content

Posts

Featured Post

फर्की आऊ शान्ति तिमी

शान्ति लामा हलुका तर निरन्तर वर्षा । चियाको चुस्की । अनि कोठाको झ्यालबाट देखिने चियाबारी । अस्तित्वमा यत्ति नै छन् कि ? त्यसभन्दा पर छ त, यो समय, यो क्षणलाई अनुभूत गर्ने अनुभूतिहरु मात्र ।  वर्षा पनि पट्यारलाग्दो छ । सानो छँदा वर्षामा उमङ्ग वर्षिन्थ्यो । वर्षात्को आकाशे पानीमा रुझ्दै नुहाउनु ।
Recent posts

चन्दाले आउँदैन समृद्धि

कलाकार र पत्रकार विकास निर्माणको ठेक्केदार बन्ने÷बनाइने यो प्रवृत्तिले राज्यको सक्षमतामाथि उपहास गरेको छ । यस्ता गतिविधिलाई निरुत्साहित गर्नुको साटो सरकार प्रमुख आफैं गएर हस्ताक्षर गर्ने कति सुहाउँदो काम हो ? यसले इतिहासमै सबैभन्दा शक्तिशाली भनिएको जननिर्वाचित सरकार सारमा अति कमजोर जगमा उभिएको छ भन्ने सत्य उजागर गर्छ । नत्र आफ्नो जिम्मेवारी कलाकारले काँधको बोकेको कसरी हेर्न सक्छ सरकार ?  शान्ति लामा केही दिनअघि कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसन धुर्मुस सुन्तली फाउन्डेसनले देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा ग¥यो  । त्यसको केही समयअघि मात्र पत्रकार रवि लामिछानेले कालिकोटमा गई रास्कोट सामुदायिक अस्पताल निर्माणको घोषणा गरे, आफ्नै नामको फाउन्डेसनमार्फत । क्रिकेट रंगशाला घोषणाको कार्यक्रममा सरकारका प्रधानमन्त्री स्वयंको समेत सहभागिता थियो । अहिले दुई कलाकार देशविदेशमा च्यारिटी नाममा चन्दा उठाउने कार्यक्रममा समेत लागिसकेको खबर आइरहेका छन् । कति रकमको प्रतिबद्धता यसअघि नै विभिन्न व्यक्ति तथा संस्थाबाट भइसकेको छ । पत्रकार लामिछानेले ब

गतिशील समाजको सशक्त वर्णन : इति

शान्ति लामा  डिस्क्रिप्टिभ लेखनले मेरो ध्यान सधैं तान्छ । झण्डै आठ दश पाना पढदै उमा सुवेदीको 'इति'ले ध्यान तान्नु स्वाभाविक नै भयो । वर्णन शिल्पीहरुको कलासँग आकर्षित हुनुको कारण मेरो आफ्नै अभिरुचि र क्षमता पनि हो । कुनै पनि लेखन (text) को आफ्नै धेरै अर्थहरु हुन सक्छन् । पढेर अर्थ निकाल्ने काम पाठकको हो । व्याख्याभन्दा वर्णन पढेर अर्थ निकाल्न सजिलो लाग्छ मलाई । भावना र विचारको प्रवाहमा अमूर्त र असहज भाषा र शब्दहरुबाट रंगीन बनाइएका किताबहरु स्वाङ गर्न पढिए पनि ती मनमा बस्न सजिलै सक्तैनन् । यो मेरो पाठकीय सीमा हो । इतिले भने मलाई राम्रैसँग तान्यो । कारण यसको वर्णन शैली हो ।  जिरेखुर्सानीको पिरो जिब्रैमा परेझैं भान पार्न सक्नु, छाना चुहिँदा बड्कोमा तप्किएका बाछिटाको संगीत कानमै सुनाउन सक्नु यसको विशेषता हो ।

सल्लीपिर सम्झना-- शान्ति लामा

सुकेर भुइँ झरेको सल्लाको पात – सल्लीपिर । जसै यो शब्द सुनेँ, चसक्क बिझायो औंला । होइन, मन बिझायो । औंला त हिजो बिझाएको थियो । अर्थात त्यो विगत थियो । औंला बिझाएको विगत मेरो मस्तिष्कको कुनै भित्तामा टाँस्सिएको रहेछ सायद । त्यसैले आज वर्षाैंअघि औलाहरुमा सल्लीपिरको सुकेको खैरो काँडा पसे जस्तै चसक्क गर्याे भित्र ।  यतिन्जेल आफ्नै जीवन छाम्ने समय पाइनछु । खै केको चटारोले हो ? केको हतारोले हो ?  जेहोस्, मेसो मिल्योे यसपाली ।  नेपाली साहित्यको आरनबाट भर्खरै नयनराज पाण्डेको ‘सल्लीपीर’ निकालिएको छ । बजार यसै गर्माउने नै भयो । सल्लीपिरको बजार आगमन मेरा लागि शुभ साइत बन्यो ।  अनि म यात्रामा निस्किएको छु । यात्रा – वर्तमानदेखि विगतसम्मको यात्रा । 

नेपालमा समाज र पाठकप्रति उत्तरदायी ब्लग गर्ने मान्छेको कमी छ : शान्ति लामा

मेच्छे ,  काभ्रेकी  शान्ति लामा  पेशाले सञ्चारकर्मी हुन् । शान्ति घुम्न ,  पढ्न र लेख्न ज्यादै रुचाउँछिन् । खास गरी  शान्ति ले नेपाली महिलाको अवस्था र अधिकारका साथमा महिलासम्बन्धि सामाजिक ,  आर्थिक ,  राजनीतिक विषयमा अखबारहरुमा समेत लेख लेखिरहन्छिन् । रत्नराज्य क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेकी शान्तिले अखबारिय लेखनका अलावा  ब्लग  पनि लेख्ने गर्छिन् । आज हामीले उनै शान्ति लामालाई मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा प्रस्तुत गरेका छौँ ।  प्रस्तुत छ उनीसंग गरिएको कुराकानी :  आफूलाई  सोसल मिडियामा कसरी चिनाउन चाहानुहुन्छ ॽ   http://meroreport.net/page/bow-santi-lama

In Serenity with Bright People

Shanti Lama As per me, travelers are the most dynamic being in the world. They live life to the fullest. For me, travel is not only the source of pleasure but it is also a means to generate new zeal to live. And I am going to write about the same pleasure and zeal that uplifted my soul.

मामग्रेनको जीवन गीत

शान्ति लामा (२०७१ पुष २६ गते शनिवार नयाँ युगबोध दैनिकको शनिवारे परिशिष्टांक सौगातमा, साथमा आदर्श नेपाल दैनिकको अनलाईनमा प्रकाशित) झुल्के घाम आधा निक्लेको छ सुनापति डाँडामाथि । तिल फुलेर पहेँलै छ बारी । शरदको सिरेटो र फूलमा माहुरीको भुनभुन । मादकता छ वातावरणमा । माथि गुम्बामा ञ्युङ्ने बस्नेहरुको मोलम पाठमा बजेको घ्यालिङको धूनले आन्दित बन्दैछ अन्तरमन ।

एकान्त खोज्दै

काठमाडौंको कोलाहल र कामकाजको दौडधूपबाट भागेर कहिलेकाहीँ जाइदिन्छु, पहाडतिर । जहाँ प्रकृतिसँग खेल्न सक्छु । जहाँ  शहरको जस्तो एक्लोपन हैन बरु एकान्त छ । एकाग्रता छ । शान्ति छ ।